मौसम अपडेटः क्रमिक रुपमा सुधार हुँदै, केहि ठाँउमा वर्षाको सम्भावना

मौसम अपडेटः क्रमिक रुपमा सुधार हुँदै, केहि ठाँउमा वर्षाको सम्भावना

काठमाडौं, ५ माघ । गत बिहिबारदेखि परेको पानीले बढाएको जाडोमा क्रमिकरुपमा सुधार भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुँदै गएको हो ।

हाल देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उपत्यका तथा तराईका केही स्थानहरुमा हुस्सु र कुहिरोसमेत लागेको छ ।

आज दिउँसो देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने छ । पूर्वी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने छ ।

पूर्वी भूभागका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षासहित पश्चिमी उच्च हिमाली भेगका एकदुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको साथै उपत्यका लगायत तराईका केही स्थानहरुमा हुस्सु र कुहिरोसमेत रहने भएकोले चिसोबाट बच्न मौसमविद्ले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।