ए डिभिजन फुटबलः आज दुई खेल हुने

ए डिभिजन फुटबलः आज दुई खेल हुने

काठमाडौं, ४ माघ । शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछ । पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जावलाखेल र पुलिस क्लबको खेल मध्यान्न १२ बजे एन्फा कम्प्लेक्समा हुँदैछ । आजै हुने दोस्रो खेलमा लिगकै ठुलो क्लब मानिने मनाङ मर्स्याङदी र थ्री स्टार क्लवबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा दुवै टिम दिउँसो ३ बजे आमने सामने हुनेछन् । मनाङ ६ खेलमा ३ जित र ३ बराबरी सहित १२ अंक जोडेर तेस्रो स्थानमा छ ।

थ्री स्टार ६ खेल मध्य ३ मा जित, २ मा हार र १ बराबरी सहित १० अंक जोडर तालिकाको चौथो स्थानमा छ । शीर्ष स्थानको आर्मीको १३ अंक रहेको छ । मछिन्द्रलाई गोल अन्तरमा पछाडी पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।