एमाले–माओवादी एकताबारे डा. बाबुराम भट्टराईको प्रतिक्रियाः ‘भेडा भेडासँग बाख्रा बाख्रासँग’ हुनु राम्रो

एमाले–माओवादी एकताबारे डा. बाबुराम भट्टराईको प्रतिक्रियाः ‘भेडा भेडासँग बाख्रा बाख्रासँग’ हुनु राम्रो

काठमाडौँ, ८ फागुन । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि सम्झौता भएपछि ‘भेडा भेडासँग, बाख्रा बाख्रासँग’ हुनु राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल डा. भट्टराईले लेखेका छन्:
‘एमाले–एके एकता प्रक्रिया औपचारिक रूपले अघि बढेकोमा हार्दिक बधाई तथा शुभकामना ! राजनीतिमा पनि ’ भेडा भेडासँग बाख्रा बाख्रासँग’ हुनु राम्रो कुरा हो ।’

भट्टराई थप लेख्छन्,

अब देशमा दोश्रो विश्वयुद्ध पछिको शीतयुद्धकालीन दुइ ध्रुवीय परिवेशमा जन्मेर हुर्केका परम्परागत उदारवादी लोकतन्त्रको पक्षधर काँग्रेस र स्टालिनवादी राज्य– समाजवाद पक्षधर कम्युनिष्ट ध्रुवको विकल्पमा एक्काइसौं शताब्दी र चौथो औद्योगिक क्रान्तिको विश्वसन्दर्भ र भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको तथा क्रोनी क्यापिटालिज्म (आसेपासे पूँजीवाद ) को दुष्चक्रमा फँस्न थालेको नेपालको विशिष्ठ परिस्थिति अनुकुलको समावेसी र समानुपातिक र सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद वा नयाँ समाजवादको तेश्रो धार निर्माण गर्न मदत पुग्नेछ ।