विश्वकै होचा व्यक्ति खगेन्द्र थापा मगरको निधन

विश्वकै होचा व्यक्ति खगेन्द्र थापा मगरको निधन

कास्की, ३ माघ ।विश्वकै होचा व्यक्तिको कीर्तिमानी राखेका खगेन्द्र थापा मगरको निधन भएको छ।

श्वासप्रश्वासमा समस्या भएका खगेन्द्रको शुक्रवार दिउँसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो। स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई बिहिबार अस्पतालमा भर्ना गरिएको थियो। मणिपाल अस्पतालको आइसियुमा भर्ना भएका थापा मगरको शुक्रवार दिउसो निधन भएको हो।

बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए।

५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च रहेका थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिदै मेडल पहिराएको थियो।