‘ए’ डिभिजन लिग फुटबल : शीर्ष स्थानको मछिन्द्र शेर्पासँग २–० अन्तरले पराजित

‘ए’ डिभिजन लिग फुटबल : शीर्ष स्थानको मछिन्द्र शेर्पासँग २–० अन्तरले पराजित

काठमाडौं, ३ माघ ।सहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र क्लब हिमालयन शेर्पा क्लबसँग पराजित भएको छ ।

शुक्रबार भएको खेलमा मछिन्द्र हिमालयन शेर्पा क्लबसँग २–० गोल अन्तरले पराजित भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उपाधि दाबेदार मछिन्द्रको लिगमा यो पहिलो हार हो । शेर्पासँगको हारसँगै मछिन्द्रको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ । बल पोजिसनमा पकड जमाएपनि मछिन्द्रले पहिलो मिनेटमै गोल खाएको थियो । खेलको पहिलो मिनेटमा पिटर सेगुनले आत्मघाती गोल गर्दा शेर्पाले १–० को अग्रता बनाएको थियो ।

त्यसपछि खेलको २० औं मिनेटमा विजय श्रेष्ठले गोल गर्दै शेर्पालाई २–० को जित दिलाए । मछिन्द्रलाई हराएरसँगै शेर्पाले लिगमा पहिलो जित निकालेको छ । जितसँगै शेर्पाले ७ खेलमा ७ अंक जोडेको छ । शेर्पा लिगको नवौं स्थानमा समेत उक्लिएको छ । शेर्पाले यस अघि दुई खेलमा हार व्यहोर्दा ४ बराबरी खेलेको थियो । मछिन्द्रले ७ खेलमा १३ अंक जोडेको छ । मछिन्द्र शीर्ष स्थानमा यथावत रहेको छ ।

यस अघि मछिन्द्रले चार खेलमा जित र दुई खेलमा बराबरी खेलेको थियो । शेर्पासँगको हारसँगै मछिन्द्रको उपाधि होडमा समेत धक्का लागेको छ ।