काँग्रेसको संसदीय दलको बैठक दिउँसो बस्दै

काँग्रेसको संसदीय दलको बैठक दिउँसो बस्दै

काठमाडौं, ३ माघ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ।


कांग्रेसले पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।संसदीय दलको कार्यालय सिंहदबारमा शुक्रबार दिउँसो साढे एक बजेका लागि बोलाइएको बैठकमा नयाँ सभामुख र संसद्को बैठक अनिर्णयको बन्दी बनेको विषयमा मुख्य छलफल हुनेछ ।

त्यसका साथै मुलुकभित्र उत्पन्नपछिल्लो राजनीतिक अवस्था र पार्टीले संसद्मा निर्वाह गर्ने भूमिका विषयमा पनि छलफल हुनेछ ।