अष्ट्रेलियाको आगलागी भएको क्षेत्रमा वर्षा, राहत महसूस

अष्ट्रेलियाको आगलागी भएको क्षेत्रमा वर्षा, राहत महसूस

कानबेरा,२ माघ । अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा भएको छ।देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा विहीबार वर्षा भएको र राहत महसूस गरिएको अधिकारीहरुले बताएका छन्।

अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने लाखौ जनावर पनि जलेर मरेका छन्।न्यु साउथ वेल्समा आगलागी भइरहेको र अहिले परेको वर्षाले पनि आगो नियन्त्रण नै हुने अवस्था नरहेको अधिकारीहरुले जनाएका छन्।

“आगलागी भएको क्षेत्रमा अहिले वर्षा भएपछि केही राहत महसूस त भएको छ, तर आगलागी नियन्त्रण नै हुने भने देखिएको छैन,” ग्रामिण अग्नी नियन्त्रण सेवाका अधिकारीहरुले सामाजिक सञ्जालमा लेखेका छन्।वर्ष कति धेरै समय पर्छ र कति ठूलो हुन्छ भन्ने कुराले आगलागी नियन्त्रण हुन्छ की हुदैन भन्ने निर्धारण हुने उनीहरुले बताएका छन्।

आगलागी हुनु भन्दा अगाडीसम्म दर्जनौ ठाँउमा आगलागी भइरहेको विवरण अग्नी नियन्त्रण सेवाका अधिकारीहरुले दिएका थिए।

स्थानीय सञ्चार माध्यमहरुले पनि जलिरहेको जंगलमा वर्षा भएको भिडियो र फोटोहरु प्रकाशन तथा प्रसारण गरेका छन्।