पोखराको मणिपाल शिक्षण अस्पतालमा जन्मिए चम्ल्याहा बच्चा

  • 84
    Shares
पोखराको मणिपाल शिक्षण अस्पतालमा जन्मिए चम्ल्याहा बच्चा

पोखरा,२ माघ ।  स्याङ्जाको पुतलीबजार –१, घर भएकी सुनिता प्रधानले बिहिबार पोखराको मणिपाल शिक्षण अस्पतालमा एकैपटक ४ शिशुलाई जन्म दिएकी छन्। पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया प्रधानले ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन् । चारैजना शिशु र आमाको स्वास्थ्य ठीक रहेको अस्पतालका डा‍. महेन्द्र पाण्डेले बताए ।

डा. महेन्द्र पाण्डेको नेतृत्वमा शल्यक्रियामार्फत चार बच्चाको जन्म दिइएको हो । पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् । डाक्टर पाण्डेका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको छ ।

सुनीताको यो दोस्रो गर्भ हाे । उनको ५ वर्षीय एक छोरा छन् ।