महोत्तरीमा छोरी शिक्षा बीमा शिविर सञ्चालन

  • 22
    Shares
महोत्तरीमा छोरी शिक्षा बीमा शिविर सञ्चालन

जलेश्वर, २ माघ । महोत्तरीमा आजदेखि छोरी शिक्षा बीमा शिविर शुरु गरिएको छ।

प्रदेश नं २ सरकारबाट ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत आज महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय र श्री महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयमा छोरी शिक्षा बीमा शिविर शुरु गरिएको हो।

जलेश्वर नपामा आज र शुक्रबार दुई दिन शिविर सञ्चालन हुने छ भने महोत्तरीका १५ वटै स्थानीय तहका वडाको सङ्ख्या हेरी एक/दुई दिन गर्दै आगामी फागुनको २ गतेसम्म यो शिविर सञ्चालन सञ्चालन हुनेछन्।

शिविर गौशाला नगरपालिकामा गएर सम्पन्न हुनेछ। यस कार्यक्रम अन्तर्गत २०७५ माघ २ गतेदेखि आजसम्म जन्मेका बालिकालाई प्रदेश सरकारले २० वर्षपछि रु एक लाख पाउने गरी निःशुल्क बीमा गर्ने भएको छ।