दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले दियो अनुमति

दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले दियो अनुमति

काठमाडौं, २ माघ । जिल्ला अदालत भक्तपुरले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले प्रसाईविरुद्ध जिल्ला अदालतमा पनि मानहानीको मुद्दा दायर गरेका थिए ।सोही अनुसार अदालतले गिरीलाई पक्राउ गर्न अनुमति दिएको हो ।

सञ्चालक प्रसाईं भने फरार छन्। बुधबार साँझदेखि उनको मोबाइल पनि स्वीच अफ रहेको प्रहरीले जनाएको छ। अदालतको अनुमति लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेपनि उनी भने नभेटिएको प्रहरीले जनाएको छ ।

पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले माफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए ।