‘विप्लव’ ले कब्जा गर्यो ललिता निवासको ११५ रोपनी जग्गा

‘विप्लव’ ले कब्जा गर्यो ललिता निवासको ११५ रोपनी जग्गा

काठमाडौं, २ माघ । नेकपा विप्लव समूहले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको छ । राष्ट्रियकरण भैसकेको सो जग्गा भूमाफियाहरुको चलखेलमा व्यक्तिको नाममा पुगेको भन्दै आफूहरुले कब्जा गर्नुपरेको सो पार्टीले बताएको छ।

साथै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा भएको बम विष्फोटको जिम्मा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको समूहले लिएको छ।प्रहरीका अनुसार बुधबार साँझ स्वयम्भु सानोभर्याङस्थित नागार्जुन –१ नर्सरी चोकमा रहेको ढकालको घरमा भएको विष्फोटबाट मानिवीय क्षति नभए पनि घरमा झ्यालका सीसा फुटेका छन्।

विष्फोट भएको स्थानमा ‘विप्लव’ नेतृत्वको नेकपाले पर्चा छरेका छन्। प्रर्चामा जनाइए अनुसार कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको छ। ललिता निवासको जग्गा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङसँग भएको २२ रोपनी, गोयल ग्रुपसँग भएको २१ रोपनी, श्रदा ग्रुपसँग भएको ४ रोपनी, चाचन ग्रुपसँग भएको ४ रोपनी, केडिया ग्रुपसाग भएको ३ रोपनी, शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग भएको २८ रोपनी, विष्णु पौडेलसँग भएको ८ आनासहितका सबै विवादित ११५ रोपनी जग्गा आफूले कब्जा गरेको घोषणा गरेको छ।