बेलायतका लागि नेपालका पूर्ब राजदूत शर्माको निधन

बेलायतका लागि नेपालका पूर्ब राजदूत शर्माको निधन

काठमाडौं, २ माघ । बेलायतका लागि नेपालका पूर्वराजदूत मुरारीराज शर्माको हृदयघातका कारण निधन भएको छ।

लन्डनमा बस्दै आएका ६८ वर्षीय शर्माको मंगलबार बिहान निधन भएको हो। मर्निङ वाक गरी घर फर्किएर ब्रेकफास्ट खाएको केही समयपछि बिहान करिब ११ बजेतिर उनको निधन भएको थियो।भोजपुर स्थायी घर भएका शर्मा श्रीमती निलाका साथ लन्डनमा बस्दै आएका थिए। उनका दुई छोरा अमेरिकामा छन्।

शर्मा सन् २००७ देखि २००९ सम्म बेलायतका लागि नेपाली राजदूत थिए। उनले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर न्युयोर्कमा पनि काम गरेका थिए।