काठमाडौं, १ माघ । मगर समुदायले नयाँ वर्षको रुपमा मनाउने ‘माघे सकराती’ टुँडिखेलमा मनाएका छन् ।
काठमाडौं उपत्यका क्षेत्रमा बसोबास गर्ने मगर समुदायले टुँडिखेलमा भेला भएर माघे सकराती मनाएका छन् । त्यसअघि उनीहरुले आफ्नो मौलिक सांस्कृतिक सम्पदा झल्कने पहिरनका साथ काठमाडौंको भृकुटिमण्डपबाट सास्कृतिक र्याली निकालेका छने । सरकारले माघ १ गतेलाई मगरको राष्ट्रिय पर्व घोषणा गरेको थियो । माघे सकरातीको अवसरमा मगर समुदायले गर्मी शुरू हुने दिनको रुपमा तरुल खाने गरेका छन् । माघेमा तोरण तार्ने, चेलीबेटीलाई पुज्ने, तरुल खाने, बटुक खाने चलन समेत रहेको छ ।
माघे सकराती मगर समुदायका लागि छोरी, चेलीबेटीहरूको पर्व हो। त्यसैले यो चाड चेलिबेटिहरूको पुजा गरी मनाउने चलन रहेको छ।