काठमाडौं, २९ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा छैटौं चरणको अन्तिम खेल आज हुँदै छ । लिग अन्तर्गत आज हुने एक मात्र खेलमा संकटा क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी दुई टोलीबीच दिउँसो ३ बजे खेल हुनेछ ।
पाँचौं चरणको समाप्त हुँदा शीर्ष स्थानमा रहेको आर्मी जारी छैटौं चरणको अन्तिम खेलसम्म आईपुदा दोस्रो स्थानमा छ । संकटा भने आठौं स्थानमा रहेको छ । आजको खेलमा जित निकाल्दै आर्मी तालिकाको फेरि शीर्ष स्थानमा उक्लने प्रयासमा रहनेछ भने संकटा पनि आर्मीविरुद्ध जीत निकाल्दै पाँचौं स्थानमा उक्लने छ । बराबरीले भने तालिकामा कुनै पनि प्रभाव पार्ने छैन ।