मौसम अपडेटः आजदेशका केही ठाउँमा बदली हुने

  • 77
    Shares
मौसम अपडेटः आजदेशका केही ठाउँमा बदली हुने

काठमाडौं, २९ पुस । मौसम पूर्वअनुमान महाशाखाकाअनुसार आज देशका केही ठाउँमा मौसम बदली हुने भएको छ । पश्चिमी वायु सक्रिय भएसँगै केही दिन यता देशका विभिन्न ठाउँको मौसम बदली भइरहेको छ ।

तराईमा बाक्लो तुवाँलो नहट्दा जनजीवन प्रभावित भइरहेको छ । केही दिन यता लगातार तराईमा कुहिरो लागि रहेको छ । आज पनि बिहानैदेखि तराईका सबैजसो जिल्लामा बाक्लो कुहिरो लागेको छ । कुहिरो दिनभर रहने र बेलुकातिर हटेर जाने मौसमविद्ले बताएका छन् ।

आज पश्चिमका उच्च पहाडी र हिमाली भेगमा सामान्य हिमपातको सम्भावना छ । सोमबारदेखि पश्चिमी वायुको प्रभाव देखिए पनि त्यति सक्रिय नभएकाले देशका अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने उहाँले बताउनुभयो ।