२०२३ काे टी-२० विश्वकपमा २० देशलाई सहभागि गराउने आईसीसीकाे तयारी

२०२३ काे टी-२० विश्वकपमा २० देशलाई सहभागि गराउने आईसीसीकाे तयारी

काठमाडौं,२८ पुस। अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२३ को टी–२० विश्वकपमा सहभागी देशकाे संख्या २० पुर्‍याउने तयारी गरेकाे छ ।

आइसीसीले १६ सहभागी राष्ट्रबाट ४ राष्ट्रलाई थप गर्दै २० पुर्‍याउने तयारी गरेकाे हाे । अमेरिका, क्यानाडा, जर्मनी, नाइजेरिया जस्ता देशमा क्रिकेटको क्रेज बढाउन आईसीसीले विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको र यसलाइ थप बढाउने भएकाे छ । यसले एसाेसियट देशलाई फाइदा हुने देखिएकाे छ ।

२० राष्ट्रलाई विश्वकपमा समावेश गर्ने भएपछि उसले यसका लागि २ वटा विकल्प पनि बनाएकाे छ । जसमा विश्व कप छनोट खेलेर आउने टिमले लिग चरणमा ठूला ठूला राष्ट्रसँग खेल्ने र दोस्रो, आईसीसीले ४ समूह बनाएर ५ राष्ट्रलाई बिभाजन गर्ने तथा हरेक समूहबाट शीर्ष स्थानमा रहने राष्ट्रले नकआउट चरणमा स्थान बनाउने रहेकाे छ ।

याे याेजना पारित भएमा नेपालजस्ता एसाेसियट र क्रिकेटकाे क्रेज भएका देशका लागि बढी फाइदा हुनेछ ।