

काठमाडौं, २६ पुस । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सभामख आफ्नो पोल्टामा पार्न उपसभामुखबाट डा. शिवमाया तुम्वाहाम्फेलाई राजिनामा दिन लगाउने निर्णय गरेको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखमा आफ्नो दाबी प्रस्तुत गर्दै आउनुभएको छ । हिजो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई भेटेर तुम्बाहाम्फेले आफू सभामुखका लागि योग्य भएको बताउनुभएको थियो । तर अध्यक्षद्वय ओली र दाहालका पनि आफ्नै उम्मेदवार छन् ।
ओलीले सुवास नेम्वाङ र दाहालले अग्नी सापकोटालाई सभामुख बनाउनुपर्ने अडान राख्दै आउनुभएको छ । पम्फा भुसालको नाम पनि चर्चामा छ । भोलि प्रतिनिधिसभा बैठक बोलाइएको छ । बैठक बस्नुअघि समामुखबारे निर्णय गर्न नेकपाले सचिवालय बैठक राखेको हो । सभामुख पूर्वमाओवादी खेमाले आफूहरूले पाउनुपर्ने बताएको छ । तर अध्यक्ष ओलीले सक्षम व्यक्तिलाई सभामुख दिनुपर्ने बताउदै आउनुभएको छ ।