नेकपाले सभामुखको उम्मेदवार टुंगो नलगाउदा संसद बैठक अनिश्चित

नेकपाले सभामुखको उम्मेदवार टुंगो नलगाउदा संसद बैठक अनिश्चित

काठमाडौं, २६ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने टुंगाउन नसक्दा संघिय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक अनिश्चित बनेको छ ।

पुस ११ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी सूचना टाँस गरेर पुस १६ गतेका लागि पन्छाइएको थियो । फेरि पुस १६ गतेको बैठक पनि बस्दै नबसी २७ गते भोली आईतबार लागि डाकिएको छ ।

सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्प कमल दाहालबीचमा कुरा नमिलेपछि विषय झन् जटिल बन्दै गएको हो । नेकपा भित्र सहमति नजुट्ने हो भने सभामुखको चयन प्रक्रिया झनै अन्यौलमा पर्ने देखिएको छ ।