मौसम अपडेटः केहि स्थानमा बदली, अधिकांश स्थानमा सफा रहने

मौसम अपडेटः केहि स्थानमा बदली, अधिकांश स्थानमा सफा रहने

काठमाडौं, २६ पुस । आज देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले विहान देशको तराई भू–भागमा कुहिरो र हुस्सु लागेको छ भने अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले सूचना निकालेर जानकारी दिएको छ । आज राति देशको पश्चिमी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले जनाएका छन् ।