छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न

छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न

काठमाडौँ , २५ पुुस ।  नेपाल घोढचढी संघको आयोजनामा हुने छैटौं राष्ट्रिय घोडचढी प्रतियोगीता सम्पन्न भएको छ ।

शुक्रबार काठमाडौंको टुडिखेलस्थीत सैनिकमञ्चमा आयोजित प्रतियोगीतामा टेन्ट पेगिङ, शो जम्प र हाइजम्पमा प्रतिस्पर्धा भएको थियो । २० पुरुष र ६ महिला गरी २६ राइडर एकदिने प्रतियोगिताका बिजयी खेलाडीहरुलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार प्रदान गर्नुभएको थियो ।

महिला खेलाडीको भने प्रतिस्पर्धा नभइ प्रोत्साहनका लागि स्पर्धा राखिएको थियो । पुरुषतर्फ तीनै विधामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरुमध्ये पहिलोले २० हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाएका थिए