काठमाडौँ, २४ पुस । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोईरालाले बर्तमान सरकारसंग कुनै भिजन नै नरहेको आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेस खुम्बु पासाङल्यामु गाँउपालिका सोलुखुम्वुले बिहीबार काठमाडौंमा आयोजना गरेको बृहत भेलामा उहाले सरकारले अहिलेसम्म कुनै राम्रो काम गर्न नसकेको र कुनै भिजन नै नरहेको बताउनुभएको हो । कोइरालले अवको तीन बर्षमा पनि सरकारले कुनै काम गर्न नसक्ने ठोकुवा गर्दै त्यसपछि कांग्रेस अगाडी आउने जिकिर गर्नुभयो ।
उहाले काग्रेस एक भएको खण्डमा कसैले हराउन नसक्ने भन्दै पार्टीभित्रको आन्तरिक द्धन्दलाई छिटो भन्दा छिटो अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो । उहाले पार्टीमा गुट उपगुट नहोस भन्ने चाहना सवैको रहेको भन्दै अव पार्टी एकढिक्का भएर अगाडी बढ्नुको बिकल्प नभएको बताउनुभयो ।
उहाले कम्युनिष्ट बिश्वबाटै पलायन भएर जाने तर्क गर्नुभयो । कार्यक्रममा बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।