सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलः एपिएफमाथि संकटाको शानदार जित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलः एपिएफमाथि संकटाको शानदार जित

काठमाडौं, २४ पुस । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटा क्लबले विभागीय टिम एपिएफलाई पराजित गरेको छ ।

विहिबार सम्पन्न खेलमा संकटाले एपिएफलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।संकटाको जितमा अजय मार्टिन्स कायोडेले दुई गोल गरे भने लक्ष्मण रुचाल, कर्ण बहादुर सुब्बाले एक एक गोल गरेका थिये ।

त्यस्तै एपिएफका लागि नवीन लामा र आशिष लामाले एक एक गोल गरेका थिए ।संकटाले पहिलो हाफमा २ गोल गर्दै २-० को अग्रता लिएको थियो भने खेलको ५३औ मिनेटमा तेस्रो गोल गरेको थियो । त्यस्तै संकटाले खेलको ८८औ मिनेटमा चौथो गोल गरेको थियो ।

एपिएफले खेलको ५६औ मिनेट र ७२औ मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि जित हासिल गर्न सकेन ।

यो जितसँगै संकटाको लिगमा ५ खेलमा ७ अंक भएको छ र संकटा लिगको सातौ स्थानमा उक्लिएको छ । त्यस्तै एपीएफको भने ५ खेलमा ४ अंक रहेको छ ।

लिग अन्तर्गत आज त्रिभुवन आर्मी क्लब सरस्वती युथ क्लबसँग खेल्दै छ ।