सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलः आज दुई खेल हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलः  आज दुई खेल हुँदै

काठमाडौं, २४ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाचौँ चरणको अन्तिम खेल अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विभागीय क्लब एपीएफ र गत सिजनको उपविजेता संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दशरथ रंगशालामा हुने संकटा र एपीएफबीचको पहिलो खेल मध्यान्ह १२ बजे सुरु हुनेछ । यस्तै आजै हुने अर्को खेलमा दोस्रो खेलमा आर्मीले तालिकाको पुछारमा रहेको सरस्वती क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल रंगशालामा नै दिउँसो ३ बजेबाट सुरु हुनेछ ।