इरानमा विमान दुर्घटना हुँदा १ सय ७६ को मृत्यु

इरानमा विमान दुर्घटना हुँदा १ सय ७६ को मृत्यु

एजेन्सी, २३ पुस । इरानको राजधानी तेहरानमा विमान दुर्घटना भएको छ र दुर्घटना हुँदा यात्रु र चालक दलका सदस्य गरी १७६  जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

समाचारसंस्था एपीकाअनुसार तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको हो। विमानमा सवार सबैको मृत्यु भएको एपीले इरानी संचारमाध्यमलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको जानकारी दिँदै भनेका छन्, ‘जाँचबुझका लागि दुर्घटनास्थलमा टोली खटिएको छ ।’

विमान दुर्घटना हुनुभन्दा केही घण्टा अगाडि इरानले इराकस्थित अमेरिकी सेना बसेका दुई स्थानमा आक्रमण गरेको थियो । यो आक्रमण इरानी सेनाका कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा गरेको इरानले जनाएको छ । तेहरानबाट युक्रेनको राजधानी उडेको बोइङ ७३७ जेट विमान केही समयमै खसेको बताइएको छ ।

विमान दुर्घटनाको अनुसन्धान गर्न इरान सरकारका अधिकारी दुर्घटनास्थल पुगेको र उद्दारको काम पनि जारी रहेको तेहरानका नागरिक उड्डयन प्रवक्ता रेजा जाफरजदेसले बताएका छन्।

विमानमा इरानी सञ्चारमाध्यमले यसअघि १८० जना सवार रहेको बताए पनि पछि भने उक्त संख्या १ १७६ रहेको पुष्टि भएको छ।