

काठमाडौं, २३ पुस । हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
काठमाडाैं उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित आज पानी पर्ने मौसमविद्ले बताएका छन्। पश्चिमी वायुको प्रभावले आज र भाेलि देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।
अहिले धुम्मिएको काठमाडाैं उपत्यकासहित मध्य र पूर्वमा केही बेरपछि घाम लाग्नेछ। तर फेरि बादल लागेर मेघगर्जनसहित पानी पर्ने उनले बताए।
यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने उनले बताए। बुधबार र बिहीबार देशभरिकै मौसम बदली भए पनि शुक्रबारदेखि भने मौसम बिस्तारै खुल्ने मौसमविद्को अनुमान छ।
नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ। हाल देशका पश्चिमी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ।
पौष २३ गते (बुधबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिम र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको संभावना छ। पूर्वी भू-भागमा हल्का बर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
पौष २४ गते (बिहीबार)
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशको मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली तथा पश्चिमका भू-भागमा आंशिक बदलि रही पश्चिमका एक-दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ।
पौष २५ गते (शुक्रबार)
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:-
देशका केहि स्थानहरूमा वर्षा/हिमपातको संभावना रहेको र यसकै कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुहुन सबैमा अनुरोध छ |