मौसम अपडेटः भोली र पर्सि पानी पर्ने संभावना

  • 51
    Shares
मौसम अपडेटः भोली र पर्सि पानी पर्ने संभावना

काठमाडौं, २२ पुस । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार वर्षा र हिमपातपछि सुधार भएको मौसम फेरि प्रभावित हुने भएको छ ।

गए रातिदेखि नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भूभागमा आंशिकदेखि पूर्ण बदली रही देशको उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले भोली र पर्सि देशभर आंशिकदेखि पूर्ण बदली रही काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

पश्चिमी वायुका प्रभाव आगामी शनिबार सम्म कायम रहने संभावना छ । राति देशको पश्चिमी भूभागका साथै मध्य र पूर्वका पहाडी भूभागमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनाका साथै मध्य र पूर्वी भूभागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।