न्यायपरिषद् सदस्यमा निराला नियुक्त

न्यायपरिषद् सदस्यमा निराला नियुक्त

काठमाडौं , २२ पुस । कानूनविद् लक्ष्मीबहादुर ‘निराला’ खड्का न्याय परिषद्को सदस्य पदमा नियुक्त भएका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मित्रपार्क-७, काठमाडौं निवासी कानूनविद् वरिष्ठ अधिवक्ता खड्कालाई न्याय परिषद्को सदस्य पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ