काठमाडौं, २२ पुस । सहिदस्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा मात्रै खेल हँुदैछ । पाँचौं चरण अन्तर्गत आज हुने खेलमा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
शेर्पाले चौथो चरणको खेल सकिँदासम्म तालिकामा २ अङ्क मात्रै जोडेको छ । १२ औं स्थानम रहेको शेर्पाले २ खेलमा बराबरी गर्दा २ खेलमा पराजित भएको थियो । आजको खेलमा शेर्पा पहिलो जितको लक्ष्यका साथ मैदान उत्रने छ । यस्तै फ्रेन्ड्स क्लबले भने १ अङ्क जोड्दै १३ औं स्थानमा छ ।