‘ए’ डिभिजन फुटबलः एनआरटी र जावलाखेलको बराबरी

‘ए’ डिभिजन फुटबलः एनआरटी र जावलाखेलको बराबरी

काठमाडौं, २१ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरको दशरथ रंगशालामा आज भएको खेलमा एनआरटी र जावलाखेलले गोल रहित बराबरी खेलेका हुन् । खेलमा पाएको अवसर गुमाउँदा दुबै टोलीले १–१ अंक बाडेका हुन् । दुबै टोलीले गोलको अवसर बनाएपनि गोल गर्न चुकेका थिए । यो बराबरीसँगै जावलाखेलले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । चौंथो स्थानको जावलाखेलले ४ खेलमा ९ अंक जोडेको छ ।