पुष २७ गतेभन्दा अघि नै सभामुखको नाम टुँगो लाग्ने : नेता शर्मा

पुष २७ गतेभन्दा अघि नै सभामुखको नाम टुँगो लाग्ने : नेता शर्मा

काठमाडौं, २१ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले यही पुष २७ गतेभन्दा अघि नै सभामुखको नाम टुँगो लाग्ने बताउनुभएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले सभामुखमा आफ्नो पार्टीको दाबी रहेको सुनाउँदै अब बस्ने प्रतिनिधिसभाको बैठकभन्दा अघि नै सभामुख कसलाई बनाउने भन्नेबारे टुँगो लगाउने बताउनुभएको हो । उहाले पार्टीबाट सभामुख कसलाई बनाउने भन्नेबारे कुनै विवाद नभएको जिकिर गर्नुभयो । नेकपामा अब पूर्व एमाले वा पूर्व माओवादी केन्द्र कोहीपनि नभएको उहाको भनाई छ । कार्यक्रममा राजपा नेपालका बरिष्ठ नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख वा उपसभामुखमा आफूहरुको कुनै दाबी नरहेको गर्नुभयो । उहाले प्रदेश नम्बर २ मा सरकार फेरबदल नहुने जिकिर गर्नुभयो ।

उहाले नेकपा र राजपाबीचको सम्बन्ध सुमधुर हुदै अघि बढ्ने समेत बताउनुभयो ।