राष्ट्रियसभा सदस्यको उम्मेद्वार टुंगाउदै कांग्रेस, पदाधिकारी बैठक बस्दै

राष्ट्रियसभा सदस्यको उम्मेद्वार टुंगाउदै कांग्रेस, पदाधिकारी बैठक बस्दै

काठमाडाैं, १८ पुस । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेद्वारको नाम टुंगो लगाउनकालागि पदाधिकारीको बैठक डाकेको छ ।

राष्ट्रियसभामा पठाउने उम्मेदवार चयन गर्न पार्टी मुख्यालय सानेपामा विहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उम्मेद्वार चयनको जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको थियो। सोही अनुसार आज पदाधिकारी बैठक बस्न लागेको हो।

हिजोको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलको भने सहभागिता थिएन। पुस ११ गतेको केन्द्रीय समितिको बैठकको निर्णयप्रति असहमति जनाउँदै पौडेलले केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आउनु भएको छ। तर हिजोको बैठकमा उपस्थित नभए पनि नेता पौडेलसंगको छलफलपछि पदाधिकारीलाई जिम्मा दिने निर्णय गरिएको जनाइएको छ। राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ।