काठमाडौं, १६ पुस । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बृद्धि भएको छ। नेपाल आयल निगमले इन्डियन आयल कर्पाेरेशनबाट १ जनवरी २०२० मा प्राप्त प्राप्त अन्तर्राष्ट्रिय मुल्य अनुसार मुल्य बृद्धि भएर आएकाले पेट्रोलिय पदार्थको मुल्यमा हेरफेर गरेको जनाएको हो। नयाँ मुल्य बुधवार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
नयाँ मुल्य अनुसार डिपो र विक्री विन्दुदेखि १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको खुद्रा विक्री मूल्य काठमाडौं(थानकोट), सुर्खेत र दिपायलमा १ सय ११ रुपैयाँ प्रति लिटर कायम हुनेछ । त्यसैगरी पोखरा, दाङ्गमा १ सय १० रुपैयाँ ५० पैसा प्रति लिटर हुने निगमले जनाएको छ।
त्यसैगरी अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा १ सय ९ रुपैयाँ ५० पैसा प्रति लिटर कायम गरिएको छ।
डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य काठमाडौं(थानकोट), सुर्खेत र दिपायलमा १ सय रुपैयाँ प्रति लिटर, पोखरा, दाङ्गमा ९९ सय रुपैयाँ ५० पैसा प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर(धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा ९८ रुपैयाँ ५० पैसा प्रति लिटर कायम गरिएको निगमले जनाएको छ।
हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मुल्यमा भने कुनै पनि परिवर्तन नगरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।