‘ए’ डिभिजन लिग फुटबल : पुलिसद्वारा संकटा २–१ गोल अन्तरले पराजित

‘ए’ डिभिजन लिग फुटबल : पुलिसद्वारा संकटा २–१ गोल अन्तरले पराजित

काठमाडौं, १६ पुस । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले दोस्रो जित निकाले छ ।

बुधबार भएको खेलमा संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले लिगमा दोस्रो जित निकालेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा पुलिसलाई जित दिलाउन दुवै गोल सुमन लामाले गरे ।संकटाका अमित तामाङले एक गोल फर्काए । खेलमा सुमन म्यान अफ दि म्याच चुनिए ।जितसँगै पुलिसले ४ खेलमा ७ अंक जोडेको छ । संकटाले ४ खेलमा ४ अंक जोडेको छ । संकटाको यो दोस्रो हार हो ।

त्यस्तै बुधबार नै भएको अर्को खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा आर्मीले थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक एक गोल गरे । जितसँगै आर्मीले ४ खेलमा ९ अंक जोडेको छ ।लिगमा तेस्रो जित निकालेको आर्मी तेस्रो स्थानमा समेत उक्लिएको छ । थ्री स्टारले ४ खेलमा ७ अंक जोडेको छ ।