पिपिएलका उत्कृष्ट खेलाडीहरु टिभिएस अपाचेद्वारा पुरस्कृत

पिपिएलका उत्कृष्ट खेलाडीहरु टिभिएस अपाचेद्वारा पुरस्कृत

कास्की, १६ पुस । नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरुमध्येको एक सर्वाधिक चासो रहेको प्रतियोगिता पिपिएल सम्पन्न भएको छ ।

नेपालभित्र खेलाइने यसप्रकारका प्रतियोगिताहरुलाई प्रवद्र्धन गर्ने उद्देश्य जगदम्बा मोटर्स प्रा.लि.ले लिंदै आएको छ । सोही उद्देश्य अनुरुप क्वीन्स इभेन्टको आयोजना रहेको पिपिएलमा पनि टिभिएस अपाचेको साथ जगदम्बा मोटर्स प्रा.लि. जोडिएको थियो । उक्त प्रतियोगिताको एक महत्वपूर्ण प्रायोजक रहेको टिभिएस अपाचेले प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीहरुलाई टिभिएस अपाचे बाइकद्वारा पुरस्कृत गर्ने घोषणा गरे बमोजिम प्रतियोगितामा उत्कृष्ट साबित भएका ३ जना क्रिकेट खेलाडीहरुलाई उक्त पुरस्कार प्रदान गरिएको

कम्पनीका उपाध्यक्ष श्री दीपक अग्रवाल स्वयंको उपस्थितिबीच पुरस्कारका बाइकहरु सम्बद्ध खेलाडीलाई प्रदान गरिएको थियो । जस अनुसार प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, म्यान अफ दी सिरिज रोहन मुस्तफा र उत्कृष्ट बलर करण के.सी. प्रत्येकले एक एकवटा टिभिएस अपाचे च्त्च् द्दण्ण् द्धख् अपाचे ज्ञटण् द्धख अपाचे ज्ञटण् द्दख् ।

उत्ृकष्ट खेलाडीहरुलाई पुरस्कार हस्तान्तरण गरेपछि जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष श्री दीपक अग्रवालले भन्नुभयो ”वास्तवमा खेलाडीहरु आफ्नो उत्कृष्ट प्रदर्शनीबाट नै अन्यमाझ चिनिने गर्दछन्, त्यस्तै टिभिएस अपाचे पनि आफ्नो विश्वविख्यात प्रविधिको कारण अरुहरुमाझ परिचित रहँदै आएको छ । पिपिएलका उत्कृष्ट खेलाडीहरुलाई तथा विजेता टिमलाई बधाई दिंदै आगामी दिनमा पनि यस्तै सफलताको कामना गर्दछु ।

पोखरामा सम्पन्न पिपिएल प्रतियोगिताको दोस्रो संस्करणमा टिभिएस अपाचे बाइक पावर्डतर्फको प्रायोजक रहेको थियो ।