उपत्यकाको आजको तापक्रम १ डिग्री सेल्सियस, देशभरी चिसो बढ्यो

उपत्यकाको आजको तापक्रम १ डिग्री सेल्सियस, देशभरी चिसो बढ्यो

काठमाडौं, १३ पुस । उपत्यकासहित देशभरीको तापक्रम निरन्तर घट्दै गएको छ । उपत्यकाको न्यूनतम् तापक्रम आज सामान्य बढेको छ ।

आज बिहानको तापक्रम १ डिग्री सेल्सियस रहेको छ । हिजो उपत्यकाको तापक्रम ० दशमलव ६ डिग्री सेल्सियस थियो । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद्ले बताएका छन् । तापक्रम घटेसँगै उपत्यकामा बिहान र बेलुका बढी चिसो महसुस भएको छ । मनाङमा सबैभन्दा बढी माइनस १९ डिग्री सेल्सियस रहेको छ ।

तराईमा बाक्लो हुस्सु र शीतलहरले घाम देखिएको छैन । चिसोले विशेष गरी बालबालिका, वृद्धवृद्धा, असहाय तथा बिपन्न परिवारका व्यक्तिहरु बढी प्रभावित भएका छन् । चिसोका कारण स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेका छन् ।