पोखरा, १२ पुस । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिका लागि आज चितवन टाइगर्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हँुदैछ ।
खेल पोखरा रंगशालामा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । लिग चरणको सबै खेलमा अपराजित रहँदै पारख खड्का नेतृत्वको चितवनले फाईनल स्थान सुरक्षित पारेको हो ।
त्यस्तै एलिमिनेटर राउन्डमा बुटवल ब्लास्टरलाई पन्छाउँदै प्रदिपसिंह ऐरीको कप्तानीको विराटनगर उपाधी नजिक पुगेको हो । यो वर्ष उपाधी विजेताले २७ लाख र उपविजेताले १० लाख जित्ने आयोजक क्विन्स इभेन्ट म्यानेटमेन्टले जनाएको छ ।