

काठमाडाैं,११ पुस । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति तय गरेकाे छ। शुक्रवार साँझ पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रवाणीलाई जानकारी दिनुभयाे ।
बैठकले,तरुण दलको म्याद ६ महिना थप गर्दै विभागकाे संख्या पनि ४७ कायम गर्ने पनि निर्णय गरेकाे छ। विभागहरुका प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरुको नियुक्ति विधान बमोजिम यथाशीघ्र गरिने कांग्रेसले जनाएकाे छ।