मकवानपुरमा सुमो दुर्घटना, तीन जनाको मृत्यु

मकवानपुरमा सुमो दुर्घटना, तीन जनाको मृत्यु

हेटौँडा, ११ पुस।मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ मा सुमो दुर्घटना हुँदा तीन जनाको घटना स्थलमानै मृत्यु भएको छ । सुमोमा सवार पाँच जना यात्रु घाइते भएका छन् ।

हेटौँडा–सिस्नेरी–काठमाडौँ सडक खण्डको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित ओखरडाँडामा रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँ जाँदै गरेको ना १ ज ३४३३ नम्बर सुमो दुर्घटना भएको हो ।

दुर्घटनामा एक महिला र दुई पुरुषको मृत्यु भएको र उनीहरुको सनाखत हुन सकेको छैन ।