आज कोजाग्रत पूर्णिमा

आज कोजाग्रत पूर्णिमा

आज विक्रम संवत् २०७४ साल आश्विन १९ गते बिहीबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत आश्विन शुक्ल पक्ष(दुर्गा पक्ष) को पूर्णिमा तिथि राति १२।७ बजेसम्म रहने छ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईषा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति तुला राशिमा रहेका छन् । उत्तराभाद्रपदा नक्षत्र बेलुका ९।४५ बजेसम्म रहने छ । यसैगरी आज वृद्धि योग र भद्रा करण रहेको छ । सूर्योदय प्रातः ५।५९ बजे छ भने सूर्यास्त बेलुका ५।४४ बजे हुने छ । आज चन्द्रमा कुम्भ राशिमा रहने छन् ।
आज कोजाग्रत पूर्णिमा हो । आजको राति जागा रही लक्ष्मीको उपासना गर्नाले ऐश्वर्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । यसैगरी अजबाट दुर्गापक्षको विवसर्जन हुन्छ । जमरा पनि सेलाउने गरिन्छ ।