

काठमाडौं, ११ पुस । पटक–पटक सर्दै आएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।
पार्टी कार्यालयका मुख्यसचिव कुष्णप्रसाद पौडेलले राष्ट्रवाणी डटकमलाई दिनुभएको जानकारीअनुसार आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टीको महाधिवेशनका विषयमा छलफल हुने छ ।
यसअघि मंसिर ३०, पुस २ र ४ गते बस्ने भनिएको बैठक विभिन्न एजेण्डाहरुमा सबैसंग सहमती जुटाउनकालागि स्थगित भएको थियो । काँग्रेस केन्द्रीय समिति बैठक मंसिर २६ बाट सुरु भएको हो ।