झनै चिसियो काठमाडौं उपत्यका, आजको न्यूनतम तापक्रम शून्य दशमलब नौ डिग्री

झनै चिसियो काठमाडौं उपत्यका, आजको न्यूनतम तापक्रम शून्य दशमलब नौ डिग्री

काठमाडौं, १० पुस । काठमाडौँ उपत्यकाको तापक्रम यस वर्षकै सबैभन्दा चिसिएको छ । काठमाडौं उपत्यकाको तापक्रम आज बिहान शुन्य दशमलब नौ डिग्रीमा झरेको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुस यसअघि आजै विहान तापक्रम एक डिग्री मापन गरिएको थियो। अन्तर्राष्ट्रिय समयअनुसार पौने ९ बजेको मापनलाई आधिकारिक न्यूनतम तापक्रम मानिन्छ। उपत्यकाको तापक्रम पनि यो बर्ष माइनसमा झर्ने सम्भावना मौसमबिदले औल्याएका छन्। यसअघि हिजो काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो।

मौसमविद्काअनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ। अब दिन छोटो र रात लामो हुँदै गएकाले तापक्रम घटबढ भइरहनेछ।

यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। माइनसमा पुग्ने सम्भावना भने छैन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार जु्म्लामा माइनस ६, जिरीमा माइनस २ र जोमसोममा माइनस १र२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

तराईका जिल्लामा पनि चिसो बढेको छ। चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ।