मलेसियामा कामदारको तलब बढ्यो, नेपाली कामदारले पनि लाभ लिने

मलेसियामा कामदारको तलब बढ्यो, नेपाली कामदारले पनि लाभ लिने

एजेन्सी । मलेसिया सरकारले आउँदो जनवरीदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाउने भएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयले आगामी वर्ष सन् २०२०को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकको तलव बाउने जनाएको हो ।

मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकको न्यूनतम तलब १ हजार २ सय रिंगिट हुने भएको छ । तलब बढेपछि श्रमिकले न्यूनतम मासिक तलब करिब ३३ हजार पाउने छन् ।

मलेसियामा हाल श्रमिकको न्यूनतम तलब एक हजार १ सय रिंगिट रहेको छ । याे खबर आजकाे गोरखापत्र दैनिकमा प्रकाशित छ ।