काठमाडौं, ९ पुस । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हँुदैछन् । पहिलो खेलमा मछिन्द्र क्लब र फ्रेन्ड्स तथा दोस्रो खेलमा च्यासल युथले न्यूरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा मछिन्द्र र फ्रेन्ड्स दशरथ रंगशालामा मध्यान्ह १२ बजे खेल्दैछन् ।
लिगमा अंकविहीन रहेको फ्रेन्ड्सलाई हराउँदै ३ अंक जोड्ने अवसर मछिन्द्रलाई छ । पहिलो खेलमा ब्रिगेड व्वाईजलाई हराएको मछिन्द्रले दोस्रो खेलमा च्यासलसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । मछिन्द्र लिगको प्रमुख दाबेदार टिम हो । मछिन्द्र ३ अंकसहित तालिकको पाँचौ स्थानमा छ ।
अंकविहीन फ्रेन्ड्स १३ औं स्थानमा छ । दोस्रो खेलमा च्यासल र एनआरटी दिउँसो ३ बजे खेल्नेछन् । दोस्रो स्थानको च्यासलको २ खेलबाट ४ अंक छ । एनआरटी एक अंकसहित तालिकाको दशौं स्थानमा छ ।