२०७४ फागुन महिनाको राशिफलको राशिफल

२०७४ फागुन महिनाको राशिफलको राशिफल

...

  • मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

    मेष राशि हुने व्यक्तिको लागि यो महिना आशा र आश्वासन अल्लि बढी हुने र उपलब्धि अपेक्षितभन्दा कम हुने खालको देखिएको छ । रपनि संघर्षको बाबजुत क्षणिक कार्यमा सफलता र लाभ मिल्नेछ । आँट साहस भने गर्नपर्ने छ । घमण्ड वा उन्मादलाई संयम गर्न जान्नुपर्ला । महत्त्वपूर्ण रुपमा अपेक्षा गरिएको उपलब्धि एवं आयआम्दानी हुन आफ्नै बुद्धिको कारण अबरोध हुने होकि भन्ने भय छ । विचारपूर्व व्यवहार गर्नु बुद्धिमानी हुनेछ । पेशा तथा घरजग्गा परिवर्तन गर्न ग्रहले उक्साउँदै छ जुन कार्यले पछि पछुतो पार्नसक्ने छ । भौतिक उपलब्धिभन्दा पनि सेवा सत्कार जन्य कार्यमा सफलता मिल्नसक्ने छ । गोचरबाधा निवारणको लागि सिद्धिविनायक श्री गणेश र भगवान श्री हनुमानजीको भक्ति आराधनाको साथमा विद्वान गुरुजनको आर्शिवाद लिनु तथा उपदेशलाई आत्मसात गर्नु हितप्रद हुनेछ ।

    ...

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

    वृष राशि हुने व्यक्तिको लागि यो महिना विगतको तुलनामा केहीहद्सम्म उपलब्धिमूलक मान्न सकिन्छ । तथापि अल्लि महत्त्वपूर्ण काममा शुरुमा बन्नेजस्तो भएर पछि नबन्नपनि सक्नेछ । बोलीको फुर्तिफार्तिलाई भन्दा पनि व्यवहारिकता र आफ्नो अभिष्ट कार्य तथा जिम्मेवारी एवं कर्तव्यलाई बढी ध्यानदिनु पर्ला । क्षणिक रुपमा व्यवसाय तथा पेशागत कामबाट आय–आम्दानी गर्नसकिने छ । मानसम्मान पनि पाउनसकिने छ । समाजसेवा, सांगठानिक कार्य एवं राजनीतिक क्षेत्रमा आवधिक जिम्मेवारी प्राप्त हुनसक्ने छ भने नोकरी आदि पेशाकर्मीको लागि पनि सम्बन्धित क्षेत्रमा केही सफलता मिल्नेछ । स्वास्थ्यमा शिरसम्बन्धि समस्या, ज्वरप्रकोप, कसैकसैलाई चोटपटक एवं रक्तपित्तविकार आदिसँग सम्बन्धित समस्या नआउला भन्न सकिन्न । अबरोधलाई कम गर्न सात्त्विक आहारपूर्वक भगवान श्री गणपति र माँ भुवनेश्वरीको साथमा भगवान श्री हनुमानजीको भक्ति दर्शन एवं स्तुति गर्नु पुण्यप्रद हुनेछ ।

    ...

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

    मिथुन राशि हुने व्यक्तिको लागि यो महिना केही सुधारात्मक देखिएको छ । मुख्य ठानिएको तथा बढी आसक्ति गरेको कार्यमा सफलता पाउन अल्लि कठिन परेपनि खासै मतलव नगरिएको काममा भने अनुकूलता रहनेछ । क्षणिक एवं छोटोसमयमा हुने व्यवहारिक एवम् व्यवसायिक काममा प्रगति गर्नसकिने छ । कसैकसैलाई धार्मिक एवम् आस्थाको धरोहर, इष्टदेव–गुरुजन आदिप्रति पनि श्रद्धाको भावमा ह्रास आउन सक्ने सम्भावनालाई भने नकार्न सकिन्न । मनोन्मादले मानसिक विचलन हुनसक्ने खतरा पनि त्यतिकै छ । आत्मसंयमताको आवश्यकता देखिन्छ । विद्यार्थीहरुले मेहनत बढाउन प्रयत्न गर्नु पर्नेछ । यात्राको सम्भावना छ । केही अबरोधको बाबजुत सामाजिक मानमर्यादा बढ्ने, राजनीतिक तथा प्रतिनिधित्त्वकारक क्षेत्रमा जिम्मेवारी थपिने सम्भावना छ । शारीरिक स्फुर्ति बढ्नेछ । भगवान श्री हनुमान एवं सूर्यदेवको स्तुति आराधना गर्नाले ग्रहबाधा एवं अड्चनलाई कम गर्न मद्दत मिल्नेछ ।

    ...

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

    कर्कट राशि हुने महानुभावको लागि यो महिना मिश्रित देखिएको । आरोह अवरोहप्रद र अल्लि संघर्षकारक महसूस हुनेछ । तथापि विनामेहनत लाभ हुने केही कामबाट केही आयआम्दानी पनि आउने छ । तर कैफियतयुक्त आम्दानीप्रति आसक्ति नगरेकै राम्रो हुनेछ । असफल गराउन मानमर्दन तथा षड्यन्त्र गर्नेहरू सल्बलाउने भएकाले सजग हुन जरुरी छ । स्वास्थ्यमा पनि मन्दता आउने देखिन्छ । सो“चेभन्दा फरक परिणाम आउनसक्ने गोचरदशा रहेकोले निश्चित कल्पना नगरेकै उचित हुनेछ । केही जटिलताको सामना गर्ने तयारी अवस्थामा रहनु उचित होला । तपाई आफैलाई र मान्यजनको कष्टलाई पनि ग्रहले संकेत गरिरहेको छ । आयभन्दा व्यय बढी हुनखोज्ने भएकोले सावधानीपूर्वक जनव्यवहार गर्नुहोला । सञ्चित धनराशि पनि खर्च हुनसक्ने तर्फ समेत ग्रहले संकेत गरिरहेको छ । भगवान भैरवदेव र सूर्यनारायणको श्रद्धाभक्ति गर्नुले संकट निवारणमा मद्दत हुनेछ ।

    ...

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

    सिंह राशि हुने व्यक्तिको लागि यो महिना केहीहद्सम्म उपलब्धि मुलक देखिएको छ । रपनि केही बढी महत्त्व दिएको काममा रोकावट आउनसक्ने छ । सन्तान एवं कोही परिवारिक सदस्य टाढिनसक्ने सम्भावना छ । पेशा तथा व्यवसायको क्षेत्रबाट आर्थिक लाभ गर्नसकिने छ । कैफियुक्त धनार्जनतर्फ पनि मन आकर्षित हुने हो कि भन्ने भयलाई भने नकार्न सकिन्न । साथै आस्थाको केन्द्रप्रति शंका एवं सन्देहको भावना आउने हो कि भन्ने देखिन्छ । राजनीति, समाजसेवा एवं संस्थागत क्षेत्रमा शर्तमा लचकता नअप्नाएर अघि बढ्नु उचित हुनेछ । केही अड्चन तथा प्रतिकूलताको बाबजुत पनि आकस्मिक रूपमा यात्रा हुनसक्ने छ । तथापि ज्वरो आदिको कारण स्वास्थ्य समस्या आइपर्नसक्ने छ । अपखबर, कार्यमा विघ्नबाधा आदिको पनि सम्भावनालाई नकार्न सकिन्न । स्वजन कष्टको संभावना देखिएको छ । यो महिना तपाईँको लागि भगवान सदा शिवशङ्कर एवं भैरवदेवको र साथमा माँ भुवनेश्वरीको सेवा श्रद्धा बढाउनु उपयुक्त हुनेछ ।

    ...

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

    कन्या राशिको लागि यो महिना विगतको तुलनामा सुधार भएर आएको मान्न सकिन्छ । तथापि व्यक्तित्त्व एवं कर्मक्षेत्रको प्रतिष्ठा बचाउन संघर्ष गर्नुपर्ने छ । प्रत्यक्षाप्रत्यक्षमा आलोचना गर्नेहरु बढ्नेछन् । कूलवंशको ईज्जत जोगाउने, पारिवारिक समझदारीलाई कायम राख्ने लगायतका यावत पक्षमा सावधानी अप्नाउनु पर्ने देखिएको छ । केही ग्रह प्रतिकूल अवस्थामा गोचरमा विराजमान भएकाले विभिन्न समस्याले दुःख दिनसक्ने छन् । विशेष गरी महिनाको पूर्वार्धमा प्रेमसम्बन्ध, दाम्पत्य जीवन आदिमा असन्तुलन आउनसक्ने छ । प्रतिद्वन्दि तथा विरोधीहरूका नजरमा क्षणिक रुपमा आफ्नो वचस्व स्थापित गर्न सकिए पनि त्यो दीर्घ नहुनसक्ने छ । तथापि एकाग्रताका साथमा आफ्नो कार्यमा तल्लिन हुनाले केहीहदसम्म उपलब्धि गर्न सक्नुहुनेछ । व्यापार एवं व्यवसाय तथा यात्रा आदिबाट परिणाम सुखद आउनेछ । यो महिना तपाईले भगवान श्री भैरवदेवको उपाशना गर्नाले प्रतिकूल ग्रहको दुष्परिणामलाई कम गर्न मद्दत गर्नेछ ।

    ...

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

    तुला राशि हुनेहरुको लागि यो महिना सुधार भएर आएको देखिन्छ । रपनि केही पक्षमा निकै सावधानी अप्नाउनु पनि पर्नेछ । घमण्डलाई संयम गर्नुपर्ने छ भने यात्रादि र कामकार्य तथा आहारविहारमा सावधानी अप्नाउनु पर्ने छ । चोटपटक तथा रोगविमार आदिको सम्भावना देखिएकोले ख्याल गर्नु जरुरी देखिन्छ । पठनपाठनमा बढी ध्यान दिनसकेमा मात्रै विद्यार्थीले उपलब्धि हातपार्न सकिएला । नीतिगत तथा वाणीगत दोष खेप्न नपर्ला भन्न पनि सकिन्न । उन्माद, तनाब, बढ्नसक्ने छ, सात्त्विक आचरणको अभ्यास जरुरी हुनेछ । मान्यजन तथा नातागोतामा कष्ट पर्नसक्ने भय देखिएको छ । मान्छेहरूस“ग ख्यालख्यालमै झगडा हुनसक्ने र सन्तानपक्षबाट चिन्ता बढ्नसक्ने कुरालाई पनि नकार्न सकिन्न । दाम्पत्य तथा प्रेमसम्बन्धमा षड्यन्त्रवाजी नहोला भन्न सकिन्न । महिनाको अन्त्यबाट भने थोरैमात्रामा उपलब्धि लिनसकिएला । जागिर, पेशा, व्यवसाय आदिमा सुधार हुने तथा सकारात्मक प्रभाव देखिन थाल्नेछ । प्रतिकूल ग्रहगोचरको निवारणार्थ सूर्यनारायणको साथमा भगवान हनुमानदेव र गणपतिको भक्तिभाव बढाउनु उपयुक्त देखिन्छ ।

    ...

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

    बृश्चिक राशि हुने व्यक्तिको लागि यो महिना बढी महत्त्व दिएको काममा बढी संघर्षकर देखिएको छ र पनि उपलब्धिमूलक रहनेछ । केही आन्तरिक मान–मर्यादामा आ“च आउने, पारिवारिक समस्या थपिने, व्यवहारिक कमजोरी खोज्नेहरु बढ्ने तथा कामकार्यमा साविकको भन्दा बढी मेहनत गर्नुपर्ने हुनसक्नेछ । प्रतिष्ठामा आँच जस्तो परेपनि अन्तिमको परिणाम अनुकूल पनि हुनसक्ने छ । आँटसाहस बढेरै जाने देखिन्छ । विरोधीको प्रतिकार गर्न सकिनेछ । बोलीव्यवहारमा पनि अल्लि ध्यान दिनुपर्ने देखिन्छ । भविष्यको लागि राम्रो धनार्जन गर्ने कार्यप्रति मनको लगाव बढ्नसक्ने देखिरहेको छ । आफन्तिजनबाट विश्वासघात जस्तो परेपनि क्रमशः परिस्थितिमा परिवर्तन आई सुधारको वातावरण बन्नेछ । यो महिनामा गरेर गरेर अन्तिममा पुगेर अल्झिने विशेष कामकार्यको लागि तपाईँले सूर्यभगवानको भक्ति गर्नु शुभदायक हुनेछ ।

    ...

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

    धन राशि हुनेहरुको लागि यो महिना क्षणिक रुपमा सुधार भएको मान्न सकिन्छ । शारीरिक जोशजा“गर बढेर आउने, कामकार्यमा मन लाग्ने र केही हद्सम्म सफलता हात पार्नसकिने छ । इष्टमित्रको पनि सहयोग प्राप्त हुनेछ । रपनि मानसिक रुपमा अल्लि घमण्ड बढ्ने तथा चोटपटक आदिलाई पनि नकार्न नसकिने गोचरग्रहको स्थिति छ ख्याल गर्नुपर्ला । व्यापार–व्यवसायमा सुधार आउने, धनार्जन हुने, पुरुषार्थ गर्न सकिने छ । शत्रु पाखा लाग्ने र रोकिएर रहेको काममा सफलता मिल्ने समय भएको हुनाले स्वकार्यमा समय दिनु बुद्धिमानी हुनेछ । विद्यार्थीहरुले अध्ययनमा अल्लि लगाव बढाउन पर्ने देखिएको छ । आहारमा सुधार ल्याई मस्तिष्किय शक्ति बढाउनु उचित हुनेछ । यो महिनामा हुन खोजेर पनि अन्तिममा रोकिने काममा सफलताको लागि तपाईले श्री गणेश भगवान, माँ बगलामुखी र हनुमानदेवको स्तुतिलाई महत्त्व दिनु उपयुक्त हुनेछ ।

    ...

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

    मकर राशिको लागि यो महिना केही तनाबी रहनेछ । एकातर्फ सञ्चित धनको खर्च हुनसक्ने छ भने अर्कोतर्फबाट आम्दानी केहीहद्सम्म बढ्नपनि सक्ने देखिन्छ तर क्षणिक हुनेछ । मनविचारमा तामसि मानसिकताको प्रवलताले एकाधिकार जमाउने सम्भावना देखिन्छ । यो राशि हुने कोही–कोहीलाई पित्त एवं वायूप्रकोप बढ्नसक्ने र मुत्ररोग आदि स्वास्थ्य समस्याले सताउन सक्नेछ । कसै कसैलाई आकस्मिक रुपमा विमारी पर्नसक्ने देखिन्छ । स्वास्थ्यमा आएको समस्यालाई हेल्चेक्राई भने नगर्नुहोला । स्वास्थ्यजन्य समस्याले जीवन साथी तथा प्रेमीतर्फ पनि असर गर्नसक्ने छ । आहारविहारमा सावधानी अप्नाउनु उचित हुनेछ । बोलेका कुराले सास्ति दिनसक्ने भएकाले बोल्दा ख्यालपुर्याउन जरुरी हुनेछ । यो महिना तपाईँलाई भगवान सूर्यदेव, हनुमान एवं कुलदेवताको उपाशना गर्नु र विद्वान गुरुजनको आर्शिवाद लिनु शुभदायक हुनेछ ।

    ...

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

    कुम्भ राशि हुने व्यक्तिहरुको लागि यो महिना दौडधुप तथा आवश्यकभन्दा बढी धपडी पर्ने सम्भावना छ । चोट तथा हृदय रोगको सम्भावना छ । शुरुमा काम बन्ला बन्ला हुने र पछि परिणाम बिग्रने सम्भावनालाई नकार्न सकिन्न । उन्मादी हौंस्याहट बढ्नसक्छ संयम गर्नु हितकर हुनेछ अन्यथा शत्रु हसाउनु काम होला समयमै ख्याल पुर्याउनु । राम्रै गर्दा पनि प्रतिफल अन्यथा आउनसक्ने कुराप्रति सावधानी रहनु बुद्धिमानी हुनेछ । तथापि जोशजाँगर एवं पराक्रम बढ्नेनै देखिन्छ । आम्दानी तथा सञ्चित धन भए पनि आर्थिक भार थेग्न गार्हाे नै पर्नसक्ने छ । व्यवसायिक मन्दि अझै केही समय रहने देखिन्छ । पदप्रतिष्ठा तथा स्थानच्युति–स्थानान्तरण र घरडेरा वा वासस्थानसम्बन्धी समस्याले पनि नसताउला भन्न सकिन्न । तपाईलाई यो महिनामा सूर्यदेवको साथमा हनुमान जीको श्रद्धाभक्ति तथा दर्शन गर्नु शुभकर हुनेछ ।

    ...

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

    मीनराशि हुनेहरुको लागि यो महिना तुलनात्मक रुपमा सहजभन्दा संघर्षकर रहने छ । खर्चगर्ने बहानाहरू बढ्ने भएकाले आयले थेग्न मुस्किल पर्नेछ । मनमा भयत्रास सृजना हुने, घरायसी समस्या थपिने, साथीभाई इष्टमित्रसँग पनि वैरभाव हुनसक्ने जस्ता लक्षणहरु प्रतित हुनसक्ने छन् । तथापि समस्यासँग जुध्ने क्षमतामा पनि विकास भने हुनेछ । आँटसाहस बढाउने तर उन्माद्लाई संयम गर्ने गर्नु बुद्धिमानी हुनेछ । तर अर्को ग्रहको भूमिका अबरोधजन्य भएकोले सफलता पाइहाल्न कठिन भने पर्ने देखिन्छ । खेलकुद आदि क्षेत्रमा पनि यो समस्या देखिनेछ । यस्ता केही प्रतिकूलता परेपनि तिनलाई टर्न दिन धैर्य गर्नु उचित हुनेछ । सूर्यभगवान र भैरवदेवको श्रद्धाभक्ति पूजापाठ एवं दर्शन स्तुति गर्नु तपाईको लागि यो महिनामा शुभदायक हुनेछ ।