पोखरा प्रिमियर लिगः आज चितवन र काठमाडौं भिड्दै

पोखरा प्रिमियर लिगः आज चितवन र काठमाडौं भिड्दै

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा आज चितवन राइनोज र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा चितवन र काठमाण्डौ बीचको खेल आज बिहान ११ः३० मा सुरु हुनेछ ।

चितवन राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको नेतृत्वमा मैदान उत्रदा काठमाडौं वर्तमान कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ । यो खेल काठमाडौंका लागि निकै महत्वपूर्ण रहेको छ । प्रतियोगिताको प्लेअफमा स्थान बनाउन काठमाडौंलाई जित्नै पर्ने दवाब रहेको छ । चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा रहेको छ ।

जितले काठमाडौं प्लेअफमा पुग्नेछ । पराजित भए अन्य खेलको नतिजा कुर्नु पर्नेछ । चितवन भने प्ले अफ पुगिसकेको छ । चितवन चार खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।