जुट्यो तरुण दल बृहत छलफल तथा अन्तर्क्रियामा

जुट्यो तरुण दल बृहत छलफल तथा अन्तर्क्रियामा

काठमाडाै‌ । नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवा सरकारबाट बाहिरिनासाथ केपी ओली प्रधानमन्त्री बनेपछि तरुण दलले आफ्ना सबै जिल्ला अध्यक्ष तथा विदेश शाखा प्रमुखहरुको उपस्थितिमा बृहत छलफल तथा अन्तर्क्रिया आयोजना गर्ने भएको छ।

तरुण दलले मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेका अवसरमा समसामयिक राजनीतिको समीक्षा गर्न भन्दै भेला आयोजना गरेको हो।

तरुण दलले संगठन चुस्तदुरुस्त बनाई भावी रणनीति तय गर्न भेला आयोजना गर्न लागेको अध्यक्ष जितजंग बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तरुण दलले सम्बन्धित जिल्लाको प्रतिवेदनसहित उपस्थित हुनसमेत अध्यक्षहरुलाई आग्रह गरेको छ।

त्यस्तै, तरुण दलले सोमबार दलका अग्रणी कार्यकर्ताको भेला तरुण दलको पार्टी कार्यालयमा बोलाएको छ।