काठमाडौं, ७ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लब र पुर्व च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल मध्यान्ह १२ बजे सुरु हुनेछ ।
आजै हुने दोस्रो खेलमा अर्काे विभागीय नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ । यसअघि भएको खेलमा मनाङ र आर्मी दुबैले जित दर्ता गराईसकेको छन् । दुबै टिम शीर्ष स्थानको लागि खेल्नेछन् । यस्तै पुलिस र थ्रीस्टारले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए ।