पोखरा प्रिमियर लिग क्रिकेटः आज पोखरा र धनगढी भिड्दै

पोखरा प्रिमियर लिग क्रिकेटः आज पोखरा र धनगढी भिड्दै

पोखरा, ७ पुस । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा आज साविक विजेता पोखरा पल्टन र एक्स्पर्ट धनगढीबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा घरेलु टिम र धनगढीबीचको खेल बिहान साढे ११ बजेबाट सुरु हुनेछ ।

पोखरा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रनेछ भने धनगढी दिपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदान उत्रने छ । पुछारमा रहेका दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण मानिएको छ । दुवै टोलीलाई प्ले अफको गणितीय सम्भावना कायम राख्न जित्नै पर्ने दवाव छ ।

पोखरा ४ खेलमा २ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ । धनगढी ४ खेलमा २ अङ्क जोडेर पुछारमा रहेको छ । चितवन राइनोज र बुटवल ब्लास्टर्स पीपीएलको प्ले अफमा पुगिसकेका छन् ।