एमसीसी संसदबाट चाँडोभन्दा चाँडो पारित गर्नुपर्छ : डा. रामशरण महत

एमसीसी संसदबाट चाँडोभन्दा चाँडो पारित गर्नुपर्छ : डा. रामशरण महत

काठमाडौँ, ६ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीससी अमेरिकाको सैन्य गठबन्धनको अंग नभएकोले नेपालले संसदबाट चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले एमसीसीबारे भ्रममा नपर्नपनि सबैलाई आग्रह पनि गर्नुभयो । उहाले उक्त एमसीसी संघीय संसदबाट चाँडोभन्दा चाँडो पारित गर्न सरकारसमक्ष आग्रह समेत गर्नुभयो । महतले सन् २००४ मा अमेरिकाको संसदले कानून बनाएर एमसीसी पास गरेको स्पष्ट पार्नुभयो । २००४ बाट अमेरिकी सरकारले निश्चित् शर्त र मापदण्ड पूरा गर्ने देशहरुलाई यो सहयोग दिने निर्णय गरेको पनि उहाले बताउनुभयो । सन् २०१७ मा एमसीसीका लागि परियोजना नै छनौट गरिएको उहाले बताउनुभयो ।

फरक प्रसँगमा उहाले पालको राष्ट्रपति विद्यादेवी भण्डारीको हैसियत संवैधानिक भएकोले सोहीअनुसार आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कांगेसभित्र केही विवाद रहेको सुनाउँदै ती विवादको चाँडो समाधान हुनुपर्ने उहाको भनाई छ ।