उपत्यकाका सडकका खाल्डाखुल्डी प्रधानमन्त्रीको निर्देशनपछि धमाधम पुरिँदै

उपत्यकाका सडकका खाल्डाखुल्डी प्रधानमन्त्रीको निर्देशनपछि धमाधम पुरिँदै

काठमाडाैं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनसँगै शुरू भएको काठमाडौं उपत्यकामा सडकका खाल्डाखुल्डी पुर्ने कार्य तीव्र रूपमा अगाडि बढेको छ ।

प्रधानमन्त्री एवमे मन्त्रिपरिषद्को कार्यालयले ‘टाक्स फोर्स’ नै गठन गरेर उपत्यकाको सडकको खाल्डाखुल्डी पुर्ने कार्यलाई अगाडि बढाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंसिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६/०७७ काे चौमासिक समीक्षा बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले ‘सडकको खाल्डाखुल्डीको गीत कहिलेसम्म पुर्ने हो भन्दै सडकका खाल्डाखुल्डी पुर्न निर्देशन सम्बन्धित निकायलाई दिएका थिए । याे खबर आजकाे गोरखापत्र दैनिकमा प्रकाशित छ ।